काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले साउन २७ गते शुक्रबार उक्त आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
सो अनुसार इन्स्योरेन्सले गत आवमा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ९.५० प्रतिशतले घटी हो । इन्स्योरेन्सले सो वर्षमा ३२ अर्ब ३६ करोड रुपैया बराबरको प्रिमियम संकलन गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमाकोष बढेर १ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ थियो ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । त्यस्तै, जगेडा तथा कोषमा २८ करोड ८३ लाख रुपैयाँ र महाविपत्ती कोष जगेडामा ७२ करोड २ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्स लगानी विस्तारमा आक्रामक देखिएको छ । २०७९ असार मसान्तसम्ममा कम्पनीले १ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २२.७१ प्रतिशतले बढी हो । २०७८ असारसम्ममा इन्स्योरेन्सले १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी गरेको थियो । उक्त लगानी सुरक्षित क्षेत्रमा गरिएको समेत कम्पनीको दावी छ ।
गत आवमा इन्स्योरेन्स ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आवमा भने कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।
हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४.३० रुपैयाँ नोक्सानमा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा छ भने औसत प्रतिफल ९.५७ प्रतिशत रहेको छ ।इन्स्योरेन्सले ६८ हजार ७५९ वटा बीमालेखबाट कूल १३ अर्ब ३२ करोड रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको छ । त्यस्तै, १ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।
नेपाल लाइफको जीवन बीमाकोष १ खर्ब ३६ अर्ब नाघ्यो
आर्थीकसंसार संवाददाता२७ साउन, २०७९
२७ साउन, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न