आर्थीकसंसार संवाददाता२२ साउन, २०७९
२२ साउन, २०७९काठमाडौं । पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्यमा वृद्धि भईरहेको छ ।
त्यस्तै अभिप्रायकका साथ कैलालीकी भौनी देवी चौधरीले छोरीको जन्मदिनको अवसरमा जीवन बीमा गराएकी छन् । जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखामा दश लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बीमा गराएकी हुन् ।