आर्थीकसंसार संवाददाता१२ साउन, २०७९
१२ साउन, २०७९काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ५२ लाख ५५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम गरी झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बीमित सुदेश राईको परिवारलाई सो रकम भुक्तानी गरेको हो ।
कम्पनीले राईकी श्रीमती रुबिना तामाङ्गलाई बिमांक र बोनस सहित सो रकम भुक्तानी गरेको हो । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको वार्षिक नगद फिर्ता जीवन बीमा गराएका थिए ।
कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक तथा क्षेत्रिय प्रमुख गिरधर श्रेष्ठले व्यक्तीको मृत्युको अपुरणीय क्षतिको भरपाई नहुने तर बीमाबाट प्राप्त रकमले आश्रित परिवारलाई सहयोग पुग्ने बताएका थिए । बीमाको जनचेतना अभावले बीमा आवश्यक नभएको सोच्ने र आवश्यक भएको दिन पछुताउने गरेकाले बेलैमा जीवन बिमा गराई ढुक्क हुन आग्रह गरेका थिए ।