काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले २०७८ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ २० देखि ७५ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको हो ।
कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेको हो । सो प्रतिवेदनलाई बीमा समितिले २०७९ साउन ६ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ ।
सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ ।
त्यस्तै, सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ ।
त्यसैगरी, अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ । इन्स्योरेन्सले उक्त बीमालेखमा ९ वर्षसम्मको अवधि तथा २५ र सोभन्दा माथिकालाई बोनसदर तोकिएको छैन ।
त्यसैगरी, ज्योति ईजी पे जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ ।
ज्योति लाईफ इन्स्योरेन्सले घोषणा गर्यो बोनसदर
आर्थीकसंसार संवाददाता१० साउन, २०७९
१० साउन, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न