News Portal

  • सिटिजन्स बैंकले एक वर्षमा यसरी गर्याे प्रगति, नाफा २४.७६ प्रतिशत बढेपछि ईपीएस पनि बढ्यो

    आर्थीकसंसार संवाददाता७ साउन, २०७९
    २६३ पटक
    ७ साउन, २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.७६ प्रतिशत बढेर २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४०.२९ प्रतिशत बढेर ५ अर्ब १२ करोड १२ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६५ करोड ३ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २४.९४ प्रतिशत बढेर ३ अर्ब ६ करोड ७६ लाख ७४ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १५.५७ प्रतिशत बढेर ८६ करोड ९० लाख ७४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत बढेर ६ अर्ब ३९ करोड १६ लाख ७५ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ९.७५ प्रतिशत घटेर १ अर्ब ४२ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.९१ प्रतिशत बढेर १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ, जगेडा कोष २.१३ प्रतिशत बढेर ६ अर्ब ४४ करोड ५५ लाख १० हजार रुपैयाँ, निक्षेप ८.६५ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब ७९ करोड ८० लाख ९७ हजार रुपैयाँ र कर्जा १०.६८ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब ६१ करोड २४ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
    असारसम्ममा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १५ रुपैयाँ ८५ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्