News Portal

  • आइतबारदेखि एकीकृत कारोबार गर्दै हिमालयन र एभरेष्ट इन्स्योरेन्स, अध्यक्ष सिलवालले उद्घाटन गर्ने

    आर्थीकसंसार संवाददाता३२ असार, २०७९
    ५८२ पटक
    ३२ असार, २०७९

    काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको आगामी साउन १ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । मर्जरमा गएका दुई कम्पनीले ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।
    उक्त एकीकृत कारोबार बीमा क्षेत्रमै सबैभन्दा पहिलो हो । जसको उद्घाटन बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नेछन् । इन्स्योरेन्सले साउन १ गते आइतबार होटल एक एण्ड यतिमा एक कार्यक्रम आयोजना गर्दै नयाँ कम्पनीको नामबाट एकीकृत कारोबार गर्न लागेको हो ।
    बीमा समितिले सैद्धान्तिक सहमति दिएसँगै दुबै इन्स्योरेन्सले नयाँ आवको पहिलो दिनदेखि नै एकीकृत कारोबार गर्ने लक्ष्य लिएका थिए । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको स्वाप रेसियो १०० बराबर ८५ मा गाभिएका हुन् । यससँगै, मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
    दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यस मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ । र, यसबाट नेपालको बीमा क्षेत्रको विश्वशनियतामा अभिवृद्धि भई समग्र बीमा क्षेत्र नै सुद्धढ हुने कम्पनीको विश्वास छ ।
    नेपालको बीमा सम्बन्धी नियमकारी निकाय बीमा समितिबाट बीमा कम्पनीहरुको पुँजी वृद्धि सम्बन्धी निर्देशन बमोजिम दुई कम्पनी मर्जरको प्रकृयामा गई सबैभन्दा पहिले एकीकृत कारोबार गर्न सफल भए ।

    प्रतिकृया दिनुहोस्