News Portal

  • सेञ्चुरी बैंकको निक्षेप खर्बभन्दा माथि, सीडी रेसियो ८८ प्रतिशतमा

    आर्थीकसंसार संवाददाता१ साउन, २०७९
    ५४० पटक
    १ साउन, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आव २०७८/०७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ । २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९६ अर्ब ९९ करोड रुपैयाँ थियो ।
    यस्तै, २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्ष अघिको तुलनामा १३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । समिक्षा वर्षमा बैंकको कर्जा विस्तार करिव १७ प्रतिशतले भएको छ ।
    साथै, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात (एलडी रेसियो) २५.०६ प्रतिशत कायम भएको छ । बैंकको खुद तरल सम्पत्ति (एनएलए) २५ प्रतिशतभन्दा बढी छ ।
    देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्