News Portal

  • कागजी पिनलाई हटाउँदै शाइन रेसुङ्गा बैंकले सुरु गर्यो ‘ग्रीनपिन’

    आर्थीकसंसार संवाददाता१ असार, २०७९
    ६१२ पटक
    १ असार, २०७९

    काठमाडौं । शाइन रेसुङ्गा बैंकले आफ्ना ग्राहकहरुको लागि ग्रीनपिन ल्याएको छ । ग्रीनपिन डेबिट कार्डका लागि बनाइएको कागजविहीन पिनभएको बैंकले जनाएको छ ।
    बैंकका अनुसार ग्राहकहरुले बैंक खातामादर्ता भएको मोबाइल नम्बरमा एसएमएसमार्फत पाएको कोडबाट आफ्नो डेबिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्तकोड प्राप्तभएको २४ घण्टा भित्रनजिकैको शाइन रेसुङ्गा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ ।
    ग्रीनपिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सजिलो, सुरक्षित र सुविधाजनक बनाउनु रहेको छ ।
    बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखाकार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र ७ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवाप्रदानगर्दै आइरहेको छ र छिट्टैबिभिन्न स्थानहरुमाथप १० वटा एटीएम सुचारु गर्ने प्रक्रियमा रहेको जानकारी गराएको छ ।

     

    प्रतिकृया दिनुहोस्