News Portal

  • हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

    आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७९
    ७६२ पटक
    २२ वैशाख, २०७९

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्जर जाने भएका छन् । सो प्रयोजनको लागि दुई कम्पनीबीच बैशाख २२ गते एक आपसमा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।
    उक्त सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका हुन् ।
    तोकिएको पुँजी पुर्याउनको लागि यी दुई कम्पनीले मर्जको बाटो रोजेका हुन् । बीमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको हो ।
    यससँगै अब दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) सकिएपछि सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) तय हुने इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले बताएका छन् ।
    हाल हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ । यस्तै, एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ ।

     

    बीमा समितिले बीमा कम्पनीहरुको पुँजी बढाउने नीतिलाई प्राथमिकता साथ अगाडि बढाएसँगै कम्पनीहरु एक आपसमा मर्जको प्रकृयामा अगाडि बढेका हुन् । समितिले कम्पनीहरुको पुँजी बढाउनको लागि थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प दिएको छ । सोही नीतिअनुसार कम्पनीहरुले पुँजी वृद्धिको प्रस्ताव समितिमा पेश गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्