Skip

News Portal

  • एशियन लाइफका अध्यक्ष श्रेष्ठले ग्रहण गरे पद तथा गोपनीयताको सपथ

    आर्थीकसंसार संवाददाता६ साउन, २०८२
    २४६ पटक
    ६ साउन, २०८२

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका अध्यक्ष दिपक कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष श्रेष्ठले आज साउन ६ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

    कम्पनीको गत असार ३० गते सम्पन्न भएको १७ औँ वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा श्रेष्ठलाई निर्विरोध चयन गरेको थियो।

    प्रतिकृया दिनुहोस्