News Portal

  • सिद्धार्थ बैंकले तीन अर्बको डिवेञ्चर निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०७७
    ६२५ पटक
    २१ भदौ, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकले तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिवेञ्चर) निष्काशन गर्ने भएको छ । इक्रा नेपालले ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो ।
    बैंकले ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ दरमा ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख कित्ता संघसंस्थालाई बिक्री गरिने छ ।
    बैंकको यस ऋणपत्रमा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर पाइने जनाएको छ । बैंकले ७ वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

    प्रतिकृया दिनुहोस्