News Portal

  • सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०७८
    ६१२ पटक
    ३० चैत्र, २०७८

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ४.२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    चैत २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने छ ।
    हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । ४.२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ नाघ्ने छ ।

     

    प्रतिकृया दिनुहोस्