आर्थीकसंसार संवाददाता३० चैत्र, २०७८
३० चैत्र, २०७८काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको साधारणसभाले १५ प्रतिशत बोनस सेयर ०.७८९५ प्रतिशत नगद लाभांस पारित गरेको छ ।
सिद्धार्थ इन्स्योरेन्सको आज बसेको २०औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत दुई अर्व ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेको अध्यक्ष रतनलाल केडियाले जानकारी गराएका थिए ।
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी एक अर्ब १२ करोड रहेको छ भने उपयुक्त पार्टनरसँगको मर्जरसम्बन्धी विशेष प्रस्तावसमेत पारित गरेको छ ।