काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयमा आयोजित कार्यक्रमकाबीच कम्पनीले मृत्यु दाबी वापत २ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
बीमित स्व. छत्र कुँवरले बाल समृद्ध सावाधिक जीवन बीमा १५ वर्ष अवधिको बीमा पोलिसी दिएका थिए । उनले ३ वार्षिक बीमा शुल्क वापत ४० हजार ७२८ रुपैयाँ गरी बीमाङक २ लाखको जीवन बीमा गरेकोमा निज बीमितको मंसिर १४ गते ब्लड क्यान्सरको कारणबाट मृत्यु भएकाले निजको आमा शुमा कुँवरलाई बीमाङक वापतको रकम २ लाख र बोनश वापत २० हजार ६ सय रुपैयाँ गरी २ लाख २० हजार ६ सय रुपैयाँ दिएको कम्पनीले जनाएको छ ।
उक्त रकम वापतको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले दिएका हुन् । कार्यक्रममा स्थानीवासी, जनप्रतिनिधी, सर्वसाधारण, अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
सन नेपाल लाइफले दियो २ लाख २० हजार रुपैयाँ मृत्यु दाबी वापतको रकम
आर्थीकसंसार संवाददाता२५ चैत्र, २०७८
२५ चैत्र, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न