News Portal

  • सगरमाथा इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७८
    ९०९ पटक
    २४ चैत्र, २०७८

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोटमा संचालन गरेकोे कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ता’ को तालिम सम्पन्न भएको छ । उक्त तालिम चैत १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ । तालिममा ३५ जना सहभागी थिए ।
    तालिम जाजरकोटमा रहेर विभिन्न सङ्घ संस्था, विद्यालय, कृषि तथा पशु सेवा कार्यालयमा काम गर्ने व्यक्तिहरूलाई दिइएको हो । बीमा समितिले कृषि बीमाका तोकिदिएको छ । सोही अनुरुप सगरमाथा इन्स्योरेन्स कम्पनीले जाजरकोट, मुगु र जुम्ला जिल्लामा ‘कृषि तथा पशुपक्षी बीमा क्षति मूल्याङ्कनकर्ता’ को तालिम गर्नुपर्ने हुँदा पहिलो चरणमा तालिम जाजरकोटमा सञ्चालन गरेको कम्पनीले जनाएको छ ।
    अब मुगु र जुम्लामा पनि उक्त तालिम सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्