गुल्मी । चौथो गुल्मी महोत्सवमा उपस्थित हुने सबै सहभागी र सम्पत्तिको बीमा हुने भएको छ । महोत्सव आयोजक गुल्मी उद्योग वाणिज्य संघले महोत्सवमा सहभागी हुने अतिथी, कलाकार तथा दर्शकको सामुहिक दुर्घटनाबीमा तथा महोत्सवका लागि निर्माण भएको मञ्च, स्टल तथा सम्पूर्ण सम्पत्तिको बीमा निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडमा गरिदिएको हो ।
महोत्सव अन्तर्गत प्रादेशिक व्यापार एवं औद्योगिक मेला गुल्मीको सदरमुकाम तम्घासमा चैत्र २५ गतेदेखि बैशाख ४ गतेसम्म संचालन हुदैछ । महोत्सवमा ८० हजार दर्शक, एक सय भन्दा धेरै जना अतिथी तथा सयभन्दा बढी कलाकार सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा २३५ स्टल रहेका छन्। ति सबैको सुरक्षाको लागि निर्जीवन बीमा बजारमा २६ बर्ष देखी सेवा दिदै आएको नेको इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी उपशाखा कार्यालयबाट प्रति व्यक्ति १ लाख सम्मको दुर्घटना उपचार बीमा, ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा र एक करोडको सम्पत्ति बीमा जोखिम बहन गरिएको छ ।
नेको इन्स्योरेन्स लिमिटेडले समाज प्रति आफ्नो उत्तरदायित्व महसुश गर्दे समाजका विभिन्न क्षेत्रमा सहयोग समेत गर्दे आएको छ । कम्पनीले दावीलाई बिशेष प्रथामिकताका साथ हेर्ने गरेको छ । आफ्ना ग्रहाकहरुले आवश्यक कागजात पेश गरेको एक हप्ता भित्रमै दाबी भुक्तानी गरेको कम्पनीका क्षेत्रीय प्रबन्धक रमेश बहादुर थापाले जानकारी दिए । उनले आफ्ना कर्मचारीहरुलाई दाबी प्रक्रियामा कुनै बिलम्ब नगर्न पनि आग्रह गरेका छन् ।
गुल्मी महोत्सवमा सहभागी र सम्पत्तिको बीमा नेको इन्स्योरेन्समा
आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७८
२४ चैत्र, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न