काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ । इसेवाले अनलाइन मार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा ल्याएको हो ।
यस योजना अनुसार ज्योति लाइफका बीमितहरुले प्रिमियमको ०.५ प्रतिशत देखि अधिकतम एक हजार रुपैपाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना चैत्र १५ गतेदेखि लागु हुनेछ । यस योजनामा सहभागी हुनका लागि इसेवामा केवाइसी भेरिफाइ भएको हुनुपर्नेछ भने प्रिमियम बुझाउने म्याद ७ दिन ननाघेको हुनुपर्नेछ । बीमितले आफुले प्रिमियम भुक्तानी गरेको ४८ घण्टाभित्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । इसेवामार्फत नेपालका सबै लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिन्छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
ज्योति लाइफको प्रिमियम इसेवा मार्फत भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने
आर्थीकसंसार संवाददाता१७ चैत्र, २०७८
१७ चैत्र, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न