News Portal

  • अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा राजिनामा

    आर्थिकसंसार संवाददाता१९ भदौ, २०७७
    ४७४ पटक
    १९ भदौ, २०७७

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजीनामा दिएका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका डा. खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटमा दुवै पदबाट राजीनामाको जानकारी गराएका छन् । मौखिक रुपमा राजीनामा दिइसकेको र आज साँझ लिखित रुपमा राजीनामा बुझाउने खतिवडाको सचिवालयले जनाएको छ ।
    डा. खतिवडाले राजीनामा दिएसँगै नयाँ अर्थमन्त्रीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको चर्चा सुरु भएको छ । वर्तमान मन्त्रिमण्डलका विवादरहित दुई पात्र खतिवडा र ज्ञवालीमध्ये अर्थमन्त्रालयको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिन लागेको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
    उता, अर्थमन्त्रीको रुपमा चर्चा गरिएका नेकपाका महासचिव विष्णु पौडेलले मन्त्री नबन्ने जानकारी प्रधानमन्त्री ओलीलाई गराएका छन् । यस लगत्तै अब अर्थमन्त्रीमा ज्ञवालीलाई ल्याउने तयारी गरिएको जनाइएको छ । उता, प्रधानमन्त्री ओलीले तत्कालै नयाँ अर्थमन्त्री नियुक्त नगरी मौजुदा मन्त्रिपरिषदकै सदस्यलाई अर्थमन्त्रालयको जिम्मेवारी दिनसक्ने सम्भावना समेत रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्