News Portal

  • रमेश कर्पले अध्यक्ष स्वर्गीय रमेश गुप्ताको सम्झनामा मनायो स्थापना दिवस

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०७८
    ६२२ पटक
    १३ चैत्र, २०७८

    काठमाडौं । रमेश कर्प प्रा.लि.ले आफ्ना संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मदिनको अवसर पारेर १८ मार्चमा आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । यस कम्पनीका नेपालभरी १७ विभिन्न व्यापारिक संगठनहरु छन् । यो दिन स्वर्गीय रमेश गुप्ता र उहाँँले सानै उमेरदेखि व्यापारिक साम्राज्य निर्माण गर्न गरेको संघर्ष र प्रयासप्रति समर्पित छ ।
    यस विशेष दिन मनाउनको लागि रमेश कर्पका नेपालभरका कर्मचारीहरू भेला हुन्छन् । ठूलो परिवार भएकोले यो दिन रमेश कर्पका विभिन्न कम्पनीका विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने उत्कृष्ट अवसर पनि हो ।
    कार्यक्रममा बोल्दै उपाध्यक्ष सुशील गुप्ताले भन्नुभयो, “हाम्रो संस्थापक तथा मेरा पिता स्वर्गीय रमेश गुप्ता कम्पनीलाई फगत एउटा कम्पनी मात्र नभएर एउटा परिवार बनाउनुपर्छ भन्ने मान्यतामा दृढ विश्वास राख्नुहुन्थ्यो । आजको दिन यस रमेश कर्प परिवारमा हामीले बनाएका सदाचारहरु सम्झिने दिन हो र त्यसलाई मनाउने दिन हो । र यो स्थापना दिवस वहाँँको विश्वास, मान्यता र सिद्धान्तहरुप्रतिको सम्मान हो र उहाँँको विरासतलाई हामी सबैले निरन्तरता दिनुपर्छ ।”


    उपाध्यक्ष रोहित गुप्ताले भन्नुभयो, “हाम्रा कर्मचारीहरु हाम्रो संगठनात्मक संस्कृतिको प्रतिबिम्ब हुन् । हामी हाम्रा ५ मूल मान्यताहरुः अग्रगमन, निष्ठा, गति, आधिकारिकता र व्यावसायिकताको साथ “सँगै अगाडि बढ्ने” मान्यतामा विश्वास गर्छौँ र यसले नै हामीलाई हाम्रो साझेदारहरुसँग एकताबद्ध हुन र उनीहरूको व्यक्तिगत र संगठनात्मक वृद्धि र विकासमा नेतृत्व प्रदान गर्न सहयोग गर्छ ।”
    यस एक–दिवसीय कार्यक्रम रमेश कर्पका कर्मचारीहरु प्रति समर्पित छ र यसमा विभिन्न कार्निभल, रमाइलो खेलहरु, अन्तरक्रियात्मक गतिविधिहरूका साथै औपचारिक कार्यक्रम अन्तर्गत स्टार पर्फर्मेन्स र अन्य मनोरञ्जनात्मक गतिविधिहरु आयोजना गरिएको थियो। त्यस्तै उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई उनीहरुको कडा परिश्रम र कम्पनीप्रतिको लगावको लागि सम्मान पनि गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्