News Portal

  • महासंघले गर्‍यो प्यारालम्पिकमा काश्य पदक विजेता पलेशालाई सम्मान

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०८१
    ५४ पटक
    २१ भदौ, २०८१

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

    महासंघले गोवर्धनलाई रु तीन लाख रुपैयाँसहित सम्मान गरेकाे हाे । उनी प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । यसैगरी, महासंघले प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख २५ हजार र व्यवस्थापक श्री रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेकाे छ ।

    सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई ज्ञापन गर्दै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

    साथै उनले महासंघका सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवर्धनलगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथासम्भव सहयोग बढाउन पनि आग्रह गरे ।

    ‘नेपाली युवाहरू प्रतिभावान छन्,’ अध्यक्ष ढकालले भने, ‘विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकार सँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्छ ।’

    २१ वर्षीया गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको शुरुवात गरेकी छन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो ।

    गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताइन् । महिलाहरूको ५७ केजी के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पारेकी हुन् ।

    पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालकाे लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्