News Portal

  • नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०८१
    २३ पटक
    २१ भदौ, २०८१

    काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कार्यकालमा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो ।

    तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो । उक्त प्रस्ताव नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषदमा पेश गरेका थिए ।

    टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमाा थिईन ।

    पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसकेकी छन् ।

    प्रतिकृया दिनुहोस्