News Portal

  • रोयल इनफिल्डका राइडरहरूले काठमाडौंदेखि लाङटाङ राष्ट्रिय निकुञ्जम्म राइड गर्ने

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०८१
    ५९ पटक
    २१ भदौ, २०८१

    काठमाडौं- रोयल इनफिल्ड मोटरसाइकल राइडर्स क्लबले काठमाडौंदेखि लाङटाङ राष्ट्रिय निकुञ्जम्मको राइड आयोजना गर्ने भएको छ । क्लबले भदौ ३ दिने राइड आयोजना गर्न लागेको हो ।

    भदौ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि रसुवासम्म ‘एप्पल फार्म राइड’ हुने भएको हो । आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि सो राइड आयोजना गर्न लागिएको हो । सो राइडमा सहभागी राइडरहरूले अर्गानिक खाना, स्थानीय परिकार, स्थानीय कला तथा संस्कृतिको प्रत्यक्ष अनुभव गर्न सक्ने आयोजकले जनाएको छ ।

    रसुवाको बारबलमा सुरु गरिएको व्यावसायिक स्याउखेतीको पवर्द्धन तथा प्रचारप्रसार गर्ने रहेको मुख्य उद्देश्य रहेको जनाइएको छ । सो राइड आयोजनामा लगभग ६० भन्दा बढी राइडर सहभागी हुने क्लबले जनाएकाे छ ।

    रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज १ हजार ७१० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो निकुञ्ज नुवाकोट, रसुवा र सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।

    प्रतिकृया दिनुहोस्