आर्थीकसंसार संवाददाता४ चैत २०७८
८०२ पटक
४ चैत २०७८काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल सिटिजन अभियान अन्तर्गत नेपालको अनलाइन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमा शुल्क भुक्तानीका लागि सहज बनाउनुको साथै सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गर्ने छ ।
सिटिजन लाइफको अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षदेखि संचालनम छन् । साथै, हालसालैदेखि अनलाईन बीमा दाबी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ ।
डिजिटल सिटिजन अभियान अन्तर्गत आगामी दिनहरुमा पनि थप डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीले जानकारी दिएको छ ।