News Portal

  • संसदबाट एमसीसी सम्झौता अनुमोदन

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०७८
    ७९५ पटक
    १५ फागुन, २०७८

    काठमाडौं । संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एमसीसी बहुमतका साथ पारित गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको हाे । एमसीसी अनुमाेदनकाे प्रस्तावसम्बन्धि व्याख्यात्मक घोषणा प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले सो सम्झौतामाथिको आशंका व्याख्यात्मक घोषणामा समेटिएको उल्लेख गर्दै अब ढुक्कसँग पास गर्न उपयुक्त हुने धारणा राखेका थिए ।
    साे प्रस्तावकाे विरोध गर्ने सांसदहरुले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्विकार गर्ने प्रावधान नभएको भन्दै आपत्ति जनाएका थिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सो प्रस्ताव पारित गर्नेहरुलाई देशद्रोही भएको आरोप लगाए । यस्तै, काँग्रेस सांसद गगनकुमार थापाले सो सम्झौतामा एउटा पनि राष्ट्रघात भए आफू मर्न तयार हुने चेतावनी दिए ।
    एमालेका सांसद भिम रावलले सो सम्झौता राष्ट्रघाती भएको भन्दै पारित गर्न नहुने अडान दोहोर्याएका थिए । काँग्रेस सचेतक पुष्पा भुसालले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने प्रस्ताव ल्याएको भन्दै सरकारलाई र सत्तारुढ दलका नेताहरुलाई धन्यवाद दिइन् ।
    प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते अपरान्ह २ बजेका लागि बोलाइएको छ ।

     

    प्रतिकृया दिनुहोस्