काठमाडौं । मुलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ३ स्वर्ण, उत्तिनै रजत र ५ काँस्यसाथ मुलपानी टिम च्याम्पियन बनेको हो ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा १ स्वर्ण, २ रजत र १ काँस्यसहित चितवन दोस्रो भयो । समान १–१ स्वर्ण, रजत र काँस्य जितेको कैलालीले तेस्रो स्थानमा चित्त बुझायो । प्रतियोगितामा जम्मा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले १–१ स्वर्ण हात पारे ।
प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यु–१८ पुरुष एकलमा १३औं दक्षिण एसियाली खेलकुद (साग)का काँस्य विजेता अस्मिन राउतले स्वर्ण जिते । स्युचाटारका अस्मिनले ६.५३ अंक जोडे । चितवनका अब्बास खान ९५.९६० ले रजत तथा चितवनकै सागर बराल ९५.८३० र कैलालीका लक्ष्मण श्रेष्ठ ९५.६३० ले काँस्य जिते । उक्त स्पर्धाको महिलामा सैनिककी रोशनी श्रेष्ठ सर्वाधिक ६.५० अंकसाथ पहिलो भइन् । चितवनकी जैनब खातुन ९६.२०० दोस्रो तथा मुलपानीकी अस्मिता नगरकोटी ९६.१३० र सुनसरीकी सुदेशना गुरुङ ९५.७६० तेस्रो भए ।
यु–३१ पुरुष एकलमा प्रेमबहादुर लिम्बू शीर्ष स्थानमा रहे । १३औं सागका काँस्यधारी प्रहरीका उनले ६.७३ अंक हासिल गरे । सेनाका दीपेन्द्र गुरुङ ६.५० अंकसाथ दोस्रो भए । दीपेन्द्र पनि १३औं सागका काँस्य विजेता हुन् । मुलपानीका पुष्पप्रसाद गौतम ९६.२०० तथा दोलखाका नोर्बु मोक्तान ९५.९६० संयुक्त रुपमा तेस्रो स्थानमा रहे ।
सोही स्पर्धाको महिलामा १३औं सागका स्वर्ण विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यसमा सेनाकी निताले बाजी मारिन् । ६.७० अंकसाथ निताले स्वर्ण चुमिन् भने स्युचाटारकी सन्जिला ६.५६ अंकसाथ रजतमा सीमित भइन् । मुलपानीकी चन्दु शाही ९६.१६० तथा दाङकी सुनिता विष्ट ९५.४३० तेस्रो बने ।
पुरुष ४१ वर्षमाथि मुलपानीका मधुसुदन सापकोटाले स्वर्ण जिते । उनले ५.९० अंक प्राप्त गरे । ट्राभल व्यवसायी ४२ वर्षीय मधुसुदनले करिब ३ वर्षअघि मात्र तेक्वान्दो खेल्न सुरु गरेका हुन् । कैलालीका आशिष चन्द ९५.६०० दोस्रो तथा रुपन्देहीका विकास उदय ९५.४६० र गैरीगाउँका सोभितमान गिरी ९५.४६० तेस्रो भए । यो स्पर्धाको महिलामा कसैले पनि नाम दर्ता नगराएपछि स्पर्धालाई हटाइएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दोः मुलपानी टिम च्याम्पियन
आर्थिकसंसार संवाददाता१५ भदौ, २०७७
१५ भदौ, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता