News Portal

  • १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता१० माघ, २०७८
    ११६० पटक
    १० माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ जनाको मृत्यु भएको छ ।
    देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।

    प्रतिकृया दिनुहोस्