News Portal

  • देशभर थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

    कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु

    आर्थिकसंसार संवाददाता११ भदौ, २०७७
    ६४८ पटक
    ११ भदौ, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ सय ३४ महिला र ७ सय ७७ पुरुष गरी देशभर थप १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय ३९ पुगेको उनले बताए ।
    पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५ सय ६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।
    नेपालमा कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएको छ मन्त्रालयका अनुसार आज ५ महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पर्सा, कपिलवस्तु, काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा १–१ जनाको मृत्यु भएको छ । ललितपुरमा ६५ वर्षीया, बारामा २३ वर्षीया, कास्कीमा ३२ वर्षीया, रुपन्देही र बाँकेमा ७० वर्षीया गरी ५ जना महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै काठमाडौंमा ४८ वर्षीय, पर्सामा ६२ र कपिलवस्तुमा ५० वर्षीय गरी ३ जना पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।
    देशभरी सक्रिय संक्रमित संख्या १५ हजार २ सय ७३ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय ३५, प्रदेश नम्बर २ मा १ हजार ८ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ३ र गण्डकी प्रदेशमा ४ सय ११ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ८३, कर्णाली प्रदेशमा ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४१ गरी देशभरी ९ हजार ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।
    यसैगरी प्रदेश नम्बर १ मा ३ सय ७७, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ४, बागमती प्रदेशमा १ हजार ५ सय २८ र गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ जना गरी देशभरी ६ हजार २ सय १० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
    प्रदेश नम्बर १ मा मा ११ जना, प्रदेश नम्बर २ मा ४४ जना, बागमती प्रदेशमा ७१, गण्डकी प्रदेशमा ३ र प्रदेश नम्बर ५ मा १८ जना आइसीयुमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर १ मा २ र बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
    आजसम्म प्रदेश नम्बर १ मा १ हजार ४ सय ९१, प्रदेश नम्बर २ मा ४ हजार ४ सय ५८, बागमती प्रदेशमा ९ सय ४६ र गण्डकी प्रदेशमा १ हजार ६ सय ७० जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ७ सय २, कर्णाली प्रदेशमा २ हजार २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ७ सय ८१ संक्रमित निको भएर घर फर्किएका छन् ।
    देशभरीका क्वारेन्टिनमा ९ हजार ४ सय ४८ जना रहेका छन् । प्रदेश नम्बर १ मा ९ सय २, प्रदेश नम्बर २ मा ९ सय २३, बागमती प्रदेशमा ७ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ३ सय ६६ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ६, कर्णाली प्रदेशमा ५ सय १ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३६ जा क्वारेन्टिनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्