News Portal

  • कामना सेवा बैंक र फोर्स मोटर्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७८
    १२४४ पटक
    १० मंसिर, २०७८

    काठमाडौं । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि र कामना सेवा बैंकबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सम्झौतापत्रमा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धक निर्देशक निरन केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका हुन् ।
    फोर्स मोटर्सका गाडी खरिद गर्दा ग्राहकलाई बैंकले देशभरका शाखाबाट सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । फोर्स मोटर्सका सबै प्रकारका गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउनेछ ।
    फोर्स मोटर्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए । हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने प्रबन्धक ढुंङ्गेलले बताए ।
    यस सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्धक निर्देशक निरन केसीले बताए ।

    प्रतिकृया दिनुहोस्