News Portal

  • पछिल्लो २४ घण्टामा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७८
    ८३७ पटक
    २५ कार्तिक, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ११ हजार ०५५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ७९ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९७ हजार ०५९ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्