News Portal

  • थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुग्यो

    आर्थिकसंसार संवाददाता९ भदौ, २०७७
    ७३१ पटक
    ९ भदौ, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टायता थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ सय ५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए ।
    गौतमका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
    यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होम आइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् । हाल क्वारेन्टिनमा १० हजार ४ सय ५३ जना रहेका छन् भने आजसम्म ६ लाख २१ हजार ९ सय १ जनाको पीसीआर विधिबाट परीक्षण भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

    प्रतिकृया दिनुहोस्