News Portal

  • पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, १० संक्रमितको मृत्यु

    आर्थीकसंसार संवाददाता१ असोज, २०७८
    २०५८ पटक
    १ असोज, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ८५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५१ जना निको भएर घर फर्किएका छन् ।
    यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४६ हजार ५ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्