काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीले आज बुधबार दोस्रो बजारमा कारोबारका लागि आइपीओ सूचीकृत सम्झौता गरेको हो । सम्झौतापत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र जीवन विकास लघुवित्तका सिइओ संजयकुमार मण्डलले हस्ताक्षर गरेका हुन् ।
उक्त आइपीओ भोलिबाट दोस्रो बजारमा खरिदबिक्री हुनेछ । सम्झौता कार्यक्रममा शेयर रजिष्ट्रार एनएमबि क्यापिटलका निमित्त प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद नेपालको समेत उपस्थिति रहेको थियो । लघुवित्तको आईपीओ डिम्याट खातामा आइसकेको छ । कम्पनीलाई नेप्सेले ‘जेबीएलबी’ सिम्बोल प्रदान गरेको छ ।
जीवन विकास लघुवित्तको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्म रेञ्ज पाउने छ । पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । यदि स्पेसल प्रि ओपनिङ सेसनमा अधिकतम मूल्यमा कारोबार भएमा पहिलो दिननै कम्पनीको बजार मूल्य प्रति कित्ता एक हजार पुग्ने सम्भावना देखिन्छ ।
कम्पनीको आईपीओ गत असार २३ गते बाँटफाँड भएको हो । उक्त बाँडफाँडमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ जना योग्य आवेदकमध्ये १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका थिए । ती आवेदकमध्ये अझ पाँच जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका थिए ।
कम्पनीले असार ११ गते देखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीको लागि ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।
जीवन विकास लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत
आर्थीकसंसार संवाददाता१३ साउन, २०७८
१३ साउन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?