News Portal

  • माछापुच्छ्रे बैंकको १६१औं शाखा सिरहा जिल्लामा

    आर्थीकसंसार संवाददाता१६ असार, २०७८
    ७६० पटक
    १६ असार, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको समुद्घाटन गरी आजबाट सञ्चालनमा ल्याएको छ ।
    सिरहा जिल्लाको सदरमुकाममा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा समुद्घाटन गरेका छन् । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको यो नयाँ शाखासँगै सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ ।
    माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
    बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा ३२६ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर २०० वटाभन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्