News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ करोड ७० लाख रुपैयाँ, लाभांश क्षमता ११.६४ प्रतिशत

    आर्थीकसंसार संवाददाता८ साउन, २०८२
    १७ पटक
    ८ साउन, २०८२

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ६.५१ प्रतिशत बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशत घटेर १ अर्ब ८८ करोड ९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ९० करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी ३.३९ प्रतिशत बढेर २ अर्ब २७ करोड २० लाख रुपैयाँ र सञ्चाल नाफा १० प्रतिशत बढेर ७७ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

    गत वर्ष बैंकको वितरणयोग्य नाफा २१३.८१ प्रतिशत बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १३ करोड १८ लाख रुपैयाँ थियो । गत वर्षको वितरणयोग्य नाफाका आधारमा बैंकले ११.६४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

    गत वर्ष बैंकको चुक्ता पुँजी ३.६५ प्रतिशत बढेर ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोष २९.९३ प्रतिशत बढेर २ अर्ब १ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

    गत वर्ष बैंकको निक्षेप संकलन १.१९ प्रतिशत बढेर ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी २.९५ प्रतिशत बढेर ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ५४ अर्ब २ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ०.४० रुपैयाँ बढेर १५.१० रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ ।

    समीक्षा वर्षमा बैंकको खराब कर्जा भने ह्वात्तै बढेको छ । अघिल्लो वर्ष ३.९३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ५.६४ प्रतिशत पुगेको छ ।

    प्रतिकृया दिनुहोस्