News Portal

  • नेपाल एसबिआई र सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

    आर्थीकसंसार संवाददाता८ साउन, २०८२
    १९ पटक
    ८ साउन, २०८२

    काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । दुइटै बैंकको ऋणपत्र साउन ७ गते बुधबारका दिन बाँडफाँट गरिएको जनाएको छ ।

    नेपाल एसबिआई बैंक असार ३० गतेदेखि साउन १ गतेसम्म ३ अर्ब रुपैयाँको १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ बिक्री गरेको थियो ।

    बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरेको थियो । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

    यस्तै, सिद्धार्थ बैंक असार २९ गतेदेखि असार ३२ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँको १० वर्ष अवधि रहेको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ बिक्री खुला गरेको थियो ।

    बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरेको थियो । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

    बिक्री प्रबन्धक तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सकिने जनाएको छ । एसबिआई बैंकको ऋणपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र सिद्धार्थ बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

    प्रतिकृया दिनुहोस्