आर्थीकसंसार संवाददाता८ साउन, २०८२

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ऋणपत्र बाँडफाँट गरेको छ ।
बिहीबार बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामको १ अर्ब रकम बराबरको १० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो ।
जसमध्ये ६० प्रतिशत व्यक्तिगत र ४० प्रतिशत ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बाँडफाँट गरिएको हाे ।
बैंकले २०८२/०३/३२ गतेदेखि २०८२/०४/०४ गतेसम्म ऋणपत्र निष्काशन गरेको थियो । उक्त ऋणपत्र खरिदका लागि ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो ।
बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिएका थिए ।