News Portal

  • अभियान लघुवित्तद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०८३
    १८ पटक
    २ मंसिर, २०८३

    काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा अन्नदान कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १ गते वार्षिकोत्सवको अवसर पारेर वित्तीय संस्थाले पनौती नगरपालिका–९, त्रिवेणीधामस्थित प्राणनाथ माइती वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।

    एक कार्यक्रमका बीच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल, नायब प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने लगायत विभागीय प्रमुखहरूको उपस्थितिमा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको भोजन व्यवस्थापनका लागि चामल, दाल, आलु, तेल, नुन लगायतका खाद्य सामग्री वितरण गरिएको थियो ।

    वित्तीय संस्थाले आफ्नो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै ज्येष्ठ नागरिकहरूको सेवामा खाद्यान्न सहयोग गरेको हो ।

    प्रतिकृया दिनुहोस्