आर्थीकसंसार संवाददाता२७ असोज, २०८३
२७ असोज, २०८३काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन् ।
कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले गिरीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीमा कायममुकायम कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका गिरीलाई असोज २५ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।



