आर्थीकसंसार संवाददाता२६ असोज, २०८३
२६ असोज, २०८३काठमाडौं । मञ्जुश्री फाइनान्सले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनी नुमनाथ पौडेलको नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता शेयर विक्री गर्न लागेको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी उक्त शेयर विक्रीको आह्वान गरेको हो ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्ने जनाएको छ ।



