News Portal

  • बाढी पीडितको सहयोगका लागि ब्रिटिस गोर्खा नेपाली र रिब्डीकोट बुद्व बिहारद्वारा ऊर्जामन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२१ असोज, २०८३
    ३९ पटक
    २१ असोज, २०८३

    काठमाडौं । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकोट बुद्व बिहार पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ ।

    दुवै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री देवी प्रकोप उद्वार कोषमा रकम हस्तान्तरण गरेका हुन् ।

    भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्वार, पुनस्थापना तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग भन्दै दुवै संस्थाले बुधबार ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेको प्रमुख स्वकिय सचिव सन्जिव महर्जनले जानकारी दिए ।

    उनकाअनुसार ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताले २८ लाख ९८ हजार ६७९ रूपैयाँ सहयोग गरेको हो ।

    भुतपूर्व सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष होमबहादुर थापा र सिएनसिबिसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए ।

    यसैगरी रिब्डीकोट बुद्व बिहार पाल्पाले ४० हजार रूपैयाँ सहयोग गरेको छ । बिहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्