News Portal

  • लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई दियो १५६ रनको लक्ष्य

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०८३
    ५ पटक
    ५ मंसिर, २०८३

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा १५५ रन बनाएको हो ।

    लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए । उनले तीन छक्का प्रहार गरे । त्यस्तै, रोहित पौडेलले दुई चौकासहित ३० रन जोडे । निरोशन डिक्वेलाले एक चौका र दुई छक्काको मद्दतमा २८ रन बनाए ।

    अली शेखले दुई चौका र दुई छक्कासहित २४ रन बनाए भने डार्सी सर्टले चार चौकाको मद्दतमा २१ रन जोडे । रुबेन ट्रम्पलम्यानले चार रन बनाउँदा सन्दीप जोराले चार र आसिफ शेखले एक रन बनाए ।

    बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए । हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे ।

    धामीले चार ओभरमा २३, रत्नायकेले चार ओभरमा २४ र ऐरीले चार ओभरमा २५ रन खर्चिए । त्यस्तै, अनिल खरेलले दुई ओभरमा २५ र इशान पाण्डेले दुई ओभरमा ३० रन दिए ।

    प्रतिकृया दिनुहोस्