News Portal

  • हिम पर्वत हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    आर्थीकसंसार संवाददाता२० असोज, २०८३
    ३५ पटक
    २० असोज, २०८३

    काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

    बोर्डले असोज २० गते आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

    सिटिजन्स क्यापिटलका अनुसार पछिल्ला केही महिनायता प्रारम्भिक सार्वजनिक निष्कासनका लागि अनुमति पाउनेमध्ये यो पहिलो निष्कासन हो, जसको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।

    अनुमति पाएसँगै हिम पर्वत हाइड्रोपावरले विभिन्न समूहका लागि सेयर निष्कासन गर्नेछ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीका लागि सेयर निष्कासन गर्नेछ ।

    त्यसपछि सर्वसाधारणका लागि समेत आईपीओ जारी गरिनेछ ।

    प्रतिकृया दिनुहोस्