आर्थीकसंसार संवाददाता१३ असोज, २०८३
१३ असोज, २०८३काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै नेशनल लघुवित्तको सञ्चालक रहेका रविन सिजापती बैंकबाट अलग भएपछि उक्त पद रिक्त भएको थियो ।
बैंकले आफ्नो तर्फबाट प्रतिनिधित्व गर्न प्रमोद आचार्यलाई मनोनयन गरी पठाएपछि नेशनल लघुवित्तको सञ्चालक समितिको असोज १२ गते बसेको २१४औँ बैठकले आचार्यलाई सञ्चालकमा नियुक्त गरेको हो ।




