News Portal

  • सानिमा रिलायन्सका सञ्चालक तेजबहादुर चन्दले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता १२ असोज, २०८३
    २४ पटक
    १२ असोज, २०८३

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक तेजबहादुर चन्दले पदबाट राजीनामा दिएका छन् ।

    चन्दले व्यक्तिगत कारण देखाउँदै भदौ २२ गते राजीनामा दिएका थिए । उनको राजीनामा कम्पनीको सञ्चालक समितिको असोज १ गते बसेको ६९औँ बैठकले सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

    कम्पनीले चन्दको राजीनामा स्वीकृत भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ ।

    प्रतिकृया दिनुहोस्