News Portal

  • दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

    आर्थीकसंसार संवाददाता६ असोज, २०८३
    २३ पटक
    ६ असोज, २०८३

    काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियान ल्याएको छ। अभियानमार्फत बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीहरूले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने र आफ्ना मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन्।

    दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले रु. १ लाखसम्मको पुरस्कार पाउनेछन्। साथै, स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ।

    अभियानको विशेष आकर्षणका रूपमा रविन्द्र ढाँट, सीआर७ होराआ (सन्जन गौतम) र दीपेन्द्र सिंह ऐरीसँग भेट्ने अवसरसमेत रहेको छ। अभियानअन्तर्गत छनोट भएका विजेताले यी च्याम्पियनहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन्।

    अभियानलाई डिजिटल माध्यममा पनि जोड्दै बजाजले ‘पल्सर रेसिङ गेम’ ल्याएको छ। यसमा सहभागीहरूले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन्। सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, च्याम्पियनका सामग्री तथा बजाजका विशेष उपहार जित्न सक्नेछन्।

    डिजिटल माध्यमको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै अभियानमा युवाहरूलाई लक्षित विभिन्न गतिविधि समेटिएको कम्पनीले जनाएको छ। यस्ता गतिविधिले युवाहरूलाई बजाजसँग अझ नजिक जोड्नुका साथै उनीहरूमा थप उत्साह र सहभागिता बढाउने अपेक्षा गरिएको छ।

    त्यसैगरी, ‘शो योर पावर’ च्यालेन्जमार्फत राइडर तथा मोटरसाइकलप्रेमीहरूले आफ्नो शक्ति, फिटनेस र पल्सरप्रतिको लगावलाई आफ्नै सिर्जनात्मक शैलीमा प्रस्तुत गर्दै सहभागी हुन सक्नेछन्। यस चुनौतीबाट छनोट भएका विजेताले पनि च्याम्पियनहरूसँग भेट्ने अवसर पाउनेछन्।

    गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, “दशैंमा नयाँ जोश र उत्साहसँगै रमाइलो गर्ने माहोल हुन्छ। यही अवसरमा हाम्रा ग्राहकलाई मोटरसाइकल खरिदसँगै नयाँ अनुभव दिने उद्देश्यले ‘गेम अफ पावर’ ल्याएका हौं। पुरस्कारदेखि, डिजिटल रेस र च्याम्पियनसँगको भेटसम्म, यस अभियानले ग्राहकलाई सहभागी हुँदै आफ्नो पावर देखाउने अवसर दिनेछ।”

    ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ मार्फत बजाजले यस दशैंमा मोटरसाइकल खरिदलाई पुरस्कार, प्रतिस्पर्धा र विशेष अनुभवसँग जोड्दै ग्राहकहरूका लागि थप उत्साहपूर्ण अनुभव दिने जनाएको छ।

    प्रतिकृया दिनुहोस्