News Portal

  • काठमाडौं महानगरले रद्द गर्‍यो ९२ वटा विद्यालयको अनुमति

    आर्थीकसंसार संवाददाता६ भदौ, २०८३
    ४२ पटक
    ६ भदौ, २०८३

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ९२ वटा संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गरेको छ । संस्थागत विद्यालयमध्ये केही विद्यालयले विगतमा प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालन गर्दै आएका भए पनि हाल स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइएपछि अनुमति रद्द गरिएको महानगरको शिक्षा विभागले जनाएको छ ।

    सञ्चालनमा नरहेका त्यस्ता विद्यालयको अनुमति वा स्वीकृति शिक्षा ऐन, २०२८ को दफा १६ (ख) तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम रद्द गरिएको विभागले जनाएको छ ।

    यदि सम्बन्धित विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुनपर्ने कुनै कारण भए ३५ दिनभित्र आधार, कारण र प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्ने शिक्षा विभागको भनाइ छ ।

    null

    प्रतिकृया दिनुहोस्