News Portal

  • रास्वपाका किशोरीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, धनुषा–१ बाट मातृका निर्वाचित हुने बाटो खुला

    आर्थीकसंसार संवाददाता१ चैत, २०८२
    १३ पटक
    १ चैत, २०८२

    काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।

    आयोगको निर्णयविरुद्ध साहले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै साहको उम्मेदवारी औपचारिक रूपमा खारेज भएको हो ।

    न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर्याएको हो ।

    यसअघि निर्वाचन आयोगले साहको उम्मेदवारी कानुन विपरीत रहेको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध साह आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्च पुगेका थिए ।

    सर्वोच्चको यो आदेशसँगै धनुषा-१ को निर्वाचन परिणामको अन्योल हटेको छ ।

    अदालतले आयोगको निर्णयमा हस्तक्षेप नगरेपछि निर्वाचन अधिकृतको कार्यालयलाई मातृका यादवलाई निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्ने कानुनी बाटो खुलेको छ ।

    प्रतिकृया दिनुहोस्