News Portal

  • रास्वपाले गर्यो ४८ महिला र ९ पुरुषको नाम सिफारिस

    आर्थीकसंसार संवाददाता१ चैत, २०८२
    ९ पटक
    १ चैत, २०८२

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट चयन हुने ५७ जना सांसदको नाम टुंगो लगाएको छ ।

    आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुष गरी ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको रास्वपाका कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् ।

    उनका अनुसार तोकिएको समयसीमाभित्र आयोगमा नाम बुझाउने निर्णय गरिएको हो । यद्यपि आयोगमा पठाइएका नामहरू हाल प्रस्तावित सूची मात्रै भएकाले सार्वजनिक नगरिएको उनले बताइन् ।

    ‘निर्वाचन आयोगले नाम रुजु नगरेसम्म ती नामहरू प्रस्तावित सूचीका रूपमा मात्रै रहन्छन्,’  अधिकारीले भनिन्, ‘रुजु प्रक्रिया पूरा भएपछि आयोगले नै औपचारिक रूपमा नाम सार्वजनिक गर्नेछ ।

    निर्वाचन आयोगले दलहरूले पठाएको सूचीलाई समानुपातिक समावेशी मापदण्डअनुसार रुजु गरेपछि मात्रै सांसदहरूको अन्तिम नामावली सार्वजनिक गर्ने प्रचलन रहेको छ ।

    प्रतिकृया दिनुहोस्