आर्थीकसंसार संवाददाता२९ माघ, २०८२
२९ माघ, २०८२काठमाडौं । भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरूप तेस्रो चरणमा २२३ वटा सवारीसाधन हस्तान्तरण गरेको छ ।
गृह मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतीकात्मक रूपमा ती सवारीसाधन हस्तान्तरण गरे ।
यसअघि भारतले पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारीसाधन सहयोगस्वरूप उपलब्ध गराइसकेको गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले जानकारी दिए ।
भारत सरकारले नेपाली सेनाका लागि पनि थप ५० वटा सवारीसाधान उपलब्ध गराएको छ । उक्त सवारीसाधन राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देललाई हस्तान्तरण गरे ।
नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

