News Portal

  • तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष लामा एमालेमा प्रवेश

    आर्थीकसंसार संवाददाता१२ माघ, २०८२
    १५ पटक
    १२ माघ, २०८२

    काठमाडौं । नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा लामा र जिल्ला कमिटी सदस्य विष्णु जोशीलाई पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

    पार्टी प्रवेशपछि अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको महसुस भएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्